सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका समिर रिजाल विजयी

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं । नेपाल ल क्याम्पस स्ववियु निर्वाचनमा अनेरास्ववियुका समिर रिजाल सभापतिमा निर्वाचित भएका छन् ।

नेविसङ्घका मोहम्मद प्रबेजलाई ११७ मतले पछि पार्दै रिजाल विजयी भएका हुन् ।

सोमबार भएको निर्वाचनमा १६५३ मत खसेको थियो ।

यहाँको निर्वाचनमा नेविसंघ एक्लै चुनावी मैदानमा थियो भने अनेरास्वियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको थियो।

नेपाल ल क्याम्पसमा सोमबार नै स्ववियुको मतदान भएको थियो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा गत चैत ५ गते निर्वाचन भए पनि यहाँ भने समयमा चुनाव हुन सकेको थिएन ।