सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जेठको १५ मा राजतन्त्र आएरै छाड्ने जगमानको जिरह

आइतबार, बैशाख ७ २०८२

काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको सोच विषयक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले आन्दोलन कसरी जाने भन्नेकुरा अर्को कार्यक्रममा भन्ने बताए। उनले मान्छे मर्नुपर्‍यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्ने बताउँदै गणतन्त्र आएको पनि जेठको १५ गते र अन्त्य पनि जेठ १५ मै हुने बताउनु भयो । २०८२ को जेठ १५ गते राजतन्त्र फर्किने र आफूहरुको अभिष्ठ सिद्धि हुने जिकिर गरे ।

उनले भने, ‘यो गणतन्त्रको घोषणा कहिले भयो त जेठको १५ गते होइन । जेठको १५ गते गणतन्त्रको घोषणा भयो । गणतन्त्र दिवस मनाउँछ । यसको अन्त्य कहिले हुन्छ त रु ०८२ सालको जेठको १५ गते हुन्छ । त्यही हो कुरा । आन्दोलन कसरी जाने भन्नेकुरा सबै आत्तिसक्नुभएको छ । अर्को फोरममा भनौँला । मान्छे मर्नुपर्‍यो भने उसैको जन्म महिना, उसैको जन्मवार, उसैको जन्मतिथि, उसैको जन्म नक्षत्रमा मर्छ । यो गणतन्त्र आएको जेठको १५ गते र यो अब जेठको १५ गते गणतन्त्रको अन्त्य हुन्छ । २०८२ को जेठको १५ मा । हाम्रो अभिष्ठ सिद्धि हुनेछ ।’