काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एक महिलासँगको सम्बन्धलाई लिएर अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
महिला प्रहरी सेलमा अहिराजविरुद्ध उजुरी परेको थियो । काठमाडौँ जिल्ला अदालतले अहिराजविरुद्ध पक्राउ अनुमति दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार अहिराजविरुद्ध परेको उजुरीमा अनुसन्धान भइरहेको छ ।
झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।