बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सशस्त्रका एआईजी गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदै

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनी ३० वर्षे सेवा अवधिका कारण मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।

उनी अवकाशमा जाने भएसँगै रिक्त हुने एक एआईजी पदमा बढुवा हुने बाटो खुलेको छ । त्यसका लागि केहि समयअघि मात्रै पदावधी थपिएका चार डीआईजीहरु प्रतिस्पर्धामा छन् । जसमा कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी प्रतिस्पर्धामा छन् ।

रिक्त एक एआईजीमा बढुवा हुने व्यक्ति भावि सशस्त्र प्रहरी प्रमुखको मुख्य दाबेदार हुन्छन् । त्यसैले पनि यो बढुवा निकै पेचिलो हुने देखिन्छ ।