सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

रास्वपाको सचिवालय बैठक आज पनि बस्दै

बिहिबार, चैत्र २८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज पनि बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ । आजको बैठकमा वैशाखमा गरिने महाधिवेशन र जनयात्राको सन्दर्भमा छलफल हुने जनाइएको छ ।

यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानूनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको थियाे ।

लामिछानेको गिरफ्तारीको भोलि पल्ट रास्वपाले चितवनमा जनयात्राको शुरुवात गरेको थियो ।

रास्वपाले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । बैठक आगामी बैशाख ४ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारी लगायतका विषयमा निर्णय लिइने नेता मनिष झाले बताएका छन् ।