काठमाडौं । नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चापागाईं नेप्से सीईओमा नियुक्त गरेको हो ।
यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिएको भएपनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएको थिएन ।
जसकारण चापागाईंलाई नियुक्त गरिएको बुझिएको छ । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त छ ।