सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : महामन्त्री शर्मा

सोमबार, चैत्र १८ २०८१

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका छन् ।

उनले राजावादी समूहको तीनकुने घटनामा भएको धनजनको क्षति भएकोबारे सबैतिर दुखेको भएपनि निर्मल निवास नदुखेको टिप्पणी गरे। उनले कुनैपनि हालतमा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै जनतामा रहेका निराशाहरु लोकतान्त्रिक व्यवस्थामा जनताका समस्याहरु हल गर्दै जानुपर्ने बताए ।

फरक प्रसंगमा महामन्त्री शर्माले विद्युत कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गरेको बताए । उनले अदालतमा विचाराधिन विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ किन दिनुभयो ? भन्दै प्रश्न समेत गरे । उनले अदालतमा विचाराधिन मुद्दामा सदनमा छलफल गर्नु उचित नहुने बताए ।