सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पोखराको पीएन क्याम्पसमा अनेरास्ववियुको प्यानल अत्याधिक मतान्तरसहित विजयी

मंगलबार, चैत्र १२ २०८१

पोखरा । देशकै सबैभन्दा ठूलाे पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पीएन) को स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाए । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् ।

माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए ।

अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए ।

अखिल छैटौंका मिलन सुनार २८ र प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरुङ ७६ ले मत ल्याएका थिए ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरुङले १३०४ मत पाउँदै बिजयी बने ।

९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो ।  जम्मा ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका थिए ।