सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

अस्कल क्याम्पसमा अनेरास्ववियुले फर्कायो विरासत, रुद्रहरी बने सभापति

सोमबार, चैत्र ११ २०८१

काठमाडौं । काठमाडौंकाे अमृत साइन्स क्याम्पस (अस्कल)मा अनेरास्ववियुले क्रान्तिकारीलाई पराजित गर्दै आफ्नो विरासत फर्काएकाे छ ।

आइतबार भएको स्ववियू निर्वाचनको अन्तिम मतगणनामा अनेरास्वियुको प्यानलैले विजय हासिल गरेको छ । यसअघिको निर्वाचनमा क्रान्तिकारीले नेतृत्व जित्दा रुद्रहरी पोखरेल सचिवमा निर्वाचित भएका थिए ।

अहिले उनै पोखरेलले आफ्नो नेतृत्वसहित संगठनको विरासतलाई पुनरागमन गराएका छन्

अनेरास्ववियुले निरन्तर जित्दै आएकोमा गत निर्वाचनमा क्रान्तिकारीले जितेको थियो ।

हालसम्म त्रिविका ४२ वटा आंगिक क्याम्पसमा निर्वाचन सकिएको छ । जसमध्ये नेविसंघले १५ वटा, अनेरास्ववियुले १३, अखिल क्रान्तिकारीले ८, स्वतन्त्रले ५ सभापति जितेका छन् भने एउटामा जसपानिकट विद्यार्थी निर्वाचित बनेका छन् ।

उपत्यकाभित्र नेपाल कमर्स क्याम्पस मीनभवन, महेन्द्र रत्न क्याम्पस, ललितकला र अस्कल गरी अनेरास्ववियुले नेतृत्व हासिल गरेको छ ।

  कसले कति ल्याए मत ?

अनेरास्ववियु
सभापति – रुद्रहरी पोखरेल ६८९
सचिव – गोपाल शाही ६३५
कोषाध्यक्ष – विवेक कोइराला ७२७

नेविसंघ
सभापति – राजु लामिछाने १५७
सचिव – प्रशान्त भट्ट ३४३
कोषाध्यक्ष – सविता महर्जन २८८

अखिल क्रान्तिकारी
सभापति – बिश्राम शर्मा ३६३
सचिव – भोजराज खड्का२३२
कोषाध्यक्ष – अरुणा विश्वकर्मा २४८