मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जनताले लोकतन्त्रको विकल्प होइन, राजासहितको लोकतन्त्र खोजेका छन् : कमल थापा

मंगलबार, फाल्गुन २७ २०८१

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु नपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले जनताले लोकतन्त्रको विकल्प खोजेको नभएर राजासहितको लोकतन्त्र खोजेको बताएका छन् ।

उनले लेखेका छन्– ‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन ।त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेको होइन। जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो।’

थापाले लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको बताएका छन् ।

राजासहितको प्रजातन्त्र बिश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिने कुरा उनले उल्लेख गर्दैै बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण भएको बताएका छन् ।