काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बुधबार बस्दै छ । बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
आजको संसद बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश स्वीकृतिका निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो ।
यता प्रमुख प्रतिपक्ष दल माओवादीले भने सरकारकाले ल्याएका अध्यादेशको विरोध गर्दै आएको छ ।