मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

आइतबार, माघ २० २०८१

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

शुक्रबार उनीविरुद्द रौतहट जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरिएको हो ।

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले केही दिनअघि आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए ।

अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।

रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद  साहमाथि अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोप पनि छ ।