मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, माघ २० २०८१

गुल्मी । गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको लु३त ५११२ नंको ट्रयाक्टर आज बिहान दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक कालीगण्डकी–२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।