मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बिहारको मुज्फरपुर दुर्घटनामा ५ नेपाली तीर्थयात्रीको मृत्यु

आइतबार, माघ २० २०८१

काठमाडौं । भारतको कुम्भ मेलामा गएका ५ नेपालीको दुर्घटनामा परेर मृत्यु भएको छ । बिहारको मुज्फरपुरमा शनिबार साँझ भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।

धनुषाका डीएसपी वरुणबहादुर सिंहले मृतकहरु धनुषा र महोत्तरीबासी भएको जानकारी दिए ।

मृतकहरुमा मन्तार्नी देवी, अर्चना ठाकुर, बालाकृष्ण झा, इन्दु देवीसहित ५ जना छन् । यस्तै अरु ४ जना घाइते छन् ।

कुम्भ मेला सकेर फर्किने क्रममा उनीहरु सवार गाडी दुर्घटना भएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाबारे थप जानकारी प्राप्त हुन बाँकी रहेको जनाएको छ ।