बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति मृत फेला

शनिबार, माघ १९ २०८१

काठमाडौँ। कञ्चनपुरमा नेपाली काँग्रेस नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिकाका सभापति अच्युत कलौनीको शनिबार बिहान भीमदत्त नगरपालिका १८ को मामा भान्जा चोक नजिकै घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

उनी पौने ८ बजेको समयमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुुर मगाएर अहिले घटनास्थल सिल गरिएको प्रहरीले जानकारी दिएको छ ।

तालिम प्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको तयारी छ ।