काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडास्थित सडकमा म.३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–१२ कालाकौडी बस्ने ३० वर्षीय हरिश खुनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लमजुङको दोर्दी गाउँपालिका–६ ताजेगाउँस्थित सडकमा बा.२ क ३२६७ नम्बरको जेसीबी पल्टिएर बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको कोहलपुर नगरपालिका–२ बर्दहवास्थित सडकमा भे.१२ प ४२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१५ चौधरीया गाउँ बस्ने २० वर्षीय अनुप भन्ने जयप्रकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।