काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो जीप दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ ।
खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहिबार बिहान करिब ६:३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
दुर्घटनामा ५६ वर्षीय माया देवी गुरुङ उनको छोरा २८ वर्षिय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षिय तारा गुरुङको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदै गरेको थियो ।
सुमो दुर्घना भएको अवस्थामा स्थानियले भेटेर प्रहरीलाई जानकारी दिएका थिए । चालक फरार छन् ।
बिरामी माया गुरुङलाई उपचारको लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको विषयमा थप खोजी र अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।