बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

काण्डै काण्डमा मुछिएका एमाले नेता बस्नेतमा सामान्य बैंकिङ प्रकृयाबारे ज्ञानको कमी

बैंक ग्यारेन्टी दिएकै कारण प्रभु बैंकमाथि छानबिन गर्न बस्नेतको माग अल्पज्ञान

सोमबार, माघ १४ २०८१

काठमाडौं । जबरजस्ती करणी आरोप खेपेका एमाले नेता महेश बस्नेत अन्य विभिन्न काण्डहरुमा आरोपित रहेका छन् । सोहिकारण पनि उनी बेला बेलामा चर्चामा आउने गरेका छन् । उनलाई सांसद अपहरण गरेको आरोप पनि लागेको थियो । कुनै वेला प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र बस्नेत यस्तै काण्डकै कारणले टाढिएका छन् । जनताको बढ्दो आक्रोसका कारण बस्नेत राजनितिक रुपमा समेत रक्षात्मक अवस्थामा पुगेका छन् ।

बस्नेत चर्चामा आउनका लागी कुनै बिषयमा सामान्य ज्ञान समेत नराखी सामाजिक सञ्जाल स्टाटस लेख्ने गरेका छन् । उनै बस्नेतले सामान्य बैंकको प्रकृया समेतको ज्ञान नराखी रवि लामिछानेका लागि  प्रभु बैंकले दिएको बैंक ग्यारेन्टीसँग असन्तुष्टि जनाएका छन् ।

बस्नेतले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गरिब युवाहरूले व्यवसाय गर्छु भन्दा पाँच लाख नपत्याउने ! सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीको निमित्त ९ वटा सेक्टरमा १५ लाख देखी २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरुले रातारात बिना धितो २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छ ? प्रभु बैंक र रवि लामिछाने बीचको कनेक्सन के हो ? प्रभु बैंक र गोर्खा मिडिया सँगको कनेक्सन के हो ? विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दैछ प्रभु बैंक ? केही न केही गलत र अपराधिक कर्ममा यिनीहरूको साठगाठ हुनुपर्छ । यसको बारेमा सही छानबिन गरी कर्बाही गर्न आवश्यक छ ।’

बस्नेतले जुन बिषयलाई लिएर प्रभु बैंकमाथि छानविनको माग राखेका छन्, उनी चर्चामा आउनका लागि सामान्य विषयमा समेत ज्ञान नराखी धारणा प्रकट गर्ने  नेताको रुपमा चित्रित भएका छन् । उनले भनेको जस्तो ऋण प्रवाहमा बैंकहरू उदार नभएको कुरा सत्य हो । तर बैंक ग्यारेन्टी दिनै नमिल्ने भन्ने होइन । प्रभु बैंकले रवि लामिछानेका लागि दिएको बैंक ग्यारेन्टी पनि नियम अनुसारकै हो । यसअघि पनि अदालतमा धरौटी राख्दा बैंक ग्यारेन्टी प्रयोग गरिएको अभ्यास धेरै छन् । कुनै मुद्दामा अदालतले धरौटी रकम तिर्न आदेश दिएको अवस्थामा सम्बन्धित पक्षले नगद जम्मा गर्न कठिन भएमा बैंक ग्यारेन्टी दिने गरेको हुन्छ । बैंकले समेत सम्बन्धित व्यक्तिको क्रेडिट योग्यता, धरौटी र अन्य आवश्यक कागजातको आधारमा ग्यारेन्टी जारी गर्ने गरेको हुन्छ ।

यस्तो सामान्य विषयमा समेत ज्ञान नराखी छानबिन माग राख्नु बस्नेतको केटाकेटी पन मात्र हो । चर्चामा आउनका लागी लेखिएको बिषय मात्र हो । प्रतिनिधिसभाको सांसद् समेत भइसकेका नेताले कुनै पनि बिषयमा धारणा राख्दा यथेष्ट जानकारी राख्नु स्वम् बस्नेतको राजनीतिक जीवनका लागि फाइदाजनक हो । बाँकी विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जिबी राई र रवि लामिछानेलाई संरक्षण प्रभु बैंकले गरिरहेको छ भने त्यसको अनुसन्धान गर्ने निकाय नेपाल राष्ट्र बैंक रहेको नै छ ।

यस बिषयमा बढी जान्ने भएर बोल्ने अधिकार बस्नेतलाई छैनन् । न बस्नेत कानुन हो, न न्यायलय, न त नियमनकारी निकाय नेपाल राष्ट्र बैंक नैं । बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनले दिएको अधिकार प्रयोग गरी बैंक ग्यारेन्टी दिएको प्रभु बैंक माथि औला उठाउने अधिकार बस्नेतलाई न हिजोको दिनमा थियो, न आजको दिनमा छ, न त भोलिको दिनमा नैं हुनेछ ।

नेपाली बैंकिङ क्षेत्रको कुरा गर्दा प्रभु बैंक त्यस्तो बैंक हो, जसले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ती सम्वन्धी व्यवस्थालाई नैं सफल बनाएर अन्य बैंकहरुको लागि पनि मार्गदर्शन बनेको  बैंक हो । आजको दिनमा सुगम देखि दुर्गमसम्ममा सात वटा प्रदेशका ७७ जिल्लामा सात सय ५३ स्थानीय तह मध्ये सबैजसो स्थानीय तहहरुमा प्रभु बैंकको शाखा रहेका छन् । यस भन्नुको अर्थ प्रभु बैंकले नुन किन्ने देखि सुन किन्नेसम्ममा जिवनमा समृद्धि ल्याउने गरी काम गरिरहेको छ । आजको दिनमा प्रभु बैंक निकै नैं अव्वल अनि सवल बैंकको रुपमा रहेको छ ।  स्थापनाकादेखि नै प्रभुसंग जोडिएको सञ्चालक एवं व्यवस्थापन समिती, सिंगो कर्मचारी संयन्त्र, आम सेयरधनी, ग्राहक, शुुभचिन्तक नियमनकारी निकाय नेपाल राष्ट्र बैंक सबैको सामुुहिक प्रयासले प्रभु बैंकले आजको यो ईतिहाँस रचेको हो । अथवा भनौं प्रभुु बैंक आजको यो अवस्थामा आईपुुगेको हो । प्रभु बैंक बिशेष गरी तत्कालीन ग्राण्ड बैंक नेपाल लिमिटेड, किष्ट बैंक लिमिटेड, प्रभु बिकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाईनान्स समेत गाभिएर बनेको बैंक हो । यदि यो बैंकको सञ्चालक समिती सही थिएन भने व्यवस्थापन समिती सही थिएन भने, यि दुुई वटै समुहमा बैंकलाई अगाडि लैजाने स्पष्ट दृष्टिकोण थिएन भने सायद प्रभु बैंक अहिलेको अवस्थामा आउन सक्ने थिएन होला । प्रभुु बैंकलाई यो उचाईमा ल्याउनको लागि बैंक व्यवस्थापन प्रमुखकोरुपमा प्रमुुख कार्यकारी अधिकृत अशोक शेरचनको निकै नै ठुुलो हात रहेको छ ।

बैंकमा प्रमुुख कार्यकारी अधिकृतकोरुपमा रहेका शेरचनको दुरदर्शी दृष्टिकोण, कर्मचारी मैत्री चरित्र, सबैसगं मिल्ने स्वाभाव भएकै कारण बैंकले यो उचाई हाँसिल गरेको हो । नियमनकारी निकायले जारी गरेका ऐन नियमको परिधि भित्र रहेर शेरचनले बैंकको व्यवस्थापकीय बागडोर सम्हाल्दै आएकाछन । अहिले बैकिङ क्षेत्रमा प्रतिस्पर्धा निकै नै बढेर गएको छ । यो बिचमा प्रतिस्पर्धा स्वच्छ हुुन पर्छ, स्वच्छ बित्तीय प्रतिस्पर्धामा नै बैंकिङ क्षेत्रको भविस्य सुनिश्चित हुुन्छ भन्ने मान्यता राख्ने प्रमुख कार्यकारी शेरचनले आगामी समय बैंकले निकै नै अगाडि लान सक्छन भन्ने बिश्वास प्रभुु बैंकका आम सेयरनधीहरुको रहेको छ । यि सबै सेयरधनीलाई लगानी अनुसारको प्रतिफल दिन प्रभुु बैंकको व्यवस्थापन पक्ष दृण संकल्पका साथ लागि रहेको छ । प्रभु बैंक बलियो हुुनुु भनेको प्रभुु संग जोडिएका आम सेयरधनी, कर्मचारीहरु, ग्राहकहरु बलियो हो । यो सबै बलियो भएको खण्डमा थोरै भएपनि मुलुकको आर्थिक समृद्धिमा प्रभुुको योगदान ठुुलो रहने छ ।

प्रभुु कै कारण मुुलुकले आर्थिक समृद्धिका रेखाहरु कोर्नेछ । त्यो रेखा प्रत्येक ग्राहककको घरघर, गाउँगाउँ, टोलटोलमा पुग्ने छ । जसले प्रभुु बैंकबाट नै कर्जा लिएर आर्थिक समृद्धि हाँसिल गरेकाछन र गर्नेछन । यो दृण संकल्प प्रभुु बैंकको हो, प्रभुु बैंक परिवारको हो । अनि यसको व्यवस्थापकीरुपमा नेतृत्व गरिरहेका प्रमुुख कार्यकारी अशोक शेरचनको हो, यसको संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनको हो । अहिले प्रतिकुल अवस्थामा पनि प्रभु बैकको खुद मुनाफामा उच्चबृद्धि भएको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ८५ दशमलव ४९ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७२ करोड तीन लाख ४१ हजार रुपैंयाँ रहेको थियो । बैंकका शेयर लगानीकर्ताहरुको अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, सिंगो सञ्चालन एवं व्यवस्थापन समिती र कर्मचारी संयन्त्रका कुशल व्यवस्थापनका कारण यो नाफा संभव भएको हो ।

हाल चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन खर्ब चार अर्ब ५१ करोड ३५ लाख ४६ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब १९ अर्ब ६७ करोड ३० लाख ३६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा चार अर्ब ८६ करोड ७९ लाख पाँच हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा भने तीन खर्ब पाँच अर्ब एक करोड २८ लाख ५२ हजार रुपैंयाँ निक्षेप संकलन गरी दुई खर्ब २१ अर्ब चार करोड ५५ लाख ९९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले चार अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो

बैंकले गएको मंसिरमा मात्र ‘बैंक अफ दि इयर २०२३’ को उपाधि हात पारेको थियो । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ बाट सन् २०२३ को ‘बैंक अफ दि इयर’ उपाधी पाएको केही महिना नपुग्दै बैंक इन्फोसिस फिनाकल इनोभेशन अवार्ड २०२४ बाट सम्मानित भएको हो ।

सन् २००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफुलाई समयक्रमसँगै सृदृढ, विस्तारित तथा बिभिन्न बैंकलाई समाहित गर्दै आजको सफलता सम्म आइपुगेको हो । यस्तो बिरासत बोकेको प्रभु बैंकको कामको बारेमा औला उठाउनु अघि बस्नेतले प्रभु बैंकको के हो, त्यो बुझ्नु पथ्र्यो, बैंक तथा वित्तीय संस्थाको काम के हो त्यो बुझ्नु पथ्र्यो । सामान्य बुझाई पनि नराखी प्रभु बैंकको बारेमा हल्का ढंगले टिप्पणी गर्नु बस्नेतको आकाशतिर फर्केर थुक्नु जस्तै हो, यो कुराको हेक्का रहोस् ।