मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने

सांसदहरुले उठाएका प्रश्नको नेता र मन्त्रीहरुले जवाफ दिने

सोमबार, माघ १४ २०८१

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।

हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ । बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ ।

साथै, केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसदमा पेश भएका बिधेयक तिब्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल भइरहेको छ ।

दुई दिनसम्म चल्ने बैठकले माघ १८ गते देखि सुरू हुने हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुबै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।

घिमिरेका अनुसार आजको बैठकमा सांसदहरुले बोल्ने क्रम शुरु हुन्छ । त्यसपछि मन्त्री र नेताहरुले जवाफ दिनेछन् । पार्टीभित्र धेरै विषयका वादविवाद हुन सक्छन् । बहस र छलफलहरु हुन सक्छन् । त्यस्ता विषयमा आन्तरिक बैठकहरुमा व्यापक गहन छलफल काँग्रेसले गर्छ । गर्न पाइन्छ । नेतृत्वको आलोचना पनि गर्न पाइन्छ तर पार्टीले एउटा निर्णय र निष्कर्ष निकाल्छ ।’उनले भने, ‘काँग्रेसले ९५ प्रतिशत निर्णयहरु सहमतिमा हुन्छ । त्यो निर्णयलाई कार्यान्वयन गर्न काँग्रेसका नेताहरुले बोकेर हिँड्नुपर्ने कतव्र्य सबैको हुन्छ । आन्तरिक रुपमा व्यापक रुपमा छलफल गरौं तर बाहिर गएपछि पार्टीको निर्णयलाई बोकेर हिँड्न पार्टी कार्यकर्ताको धर्म हो । त्यहीअनुसार अगाडि जानुपर्छ भन्ने मान्यता हो ।’