मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

छलफलका लागि देउवाले कांग्रेसका मन्त्रीहरूलाई बूढानीलकण्ठ बोलाए

बुधबार, माघ २ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग सामूहिक छलफल गर्न देउवाले भोलि विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमाउनीहरूलाई बोलाएको सचिवालयले जनाएको छ ।

सरकार गठन भएको ६ महिनासम्म पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै आलोचना भइरहेको बेलामा देउवाले आफ्ना मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन् ।

यसअघि पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्ने गरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने कांग्रेसले निर्णय गरेको थियो ।

बैठकमा संसदीय दल कार्यसमितिमा सदस्यहरु पनि उपस्थित हुनेछन् । संसदीय दलको कार्यसमितिमा दलका नेता देउवा, पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ छन् ।