मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

बाँकेमा बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

बुधबार, माघ २ २०८१

बाँके । बाँकेमा बस र मोटरसाइकल ठोकिँदा २ जनाको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मंगलबार बेलुकी राप्तीसोनारी गाउँपालिका ७ फत्तेपुरमा भे १ ख ३७७४ नम्वरको बस र पत्तेपुरबाट नेपालगञ्ज तर्फ जार्दै गरेको भे ६ प ८८३६ नम्वरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार राप्तीसोनारी ७ का २७ वर्षिय दिलबहादुर थारु र सोहि स्थानका २३ वर्षिय राजेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तिव्रगतीमा रहेको मोटरसाइकल अनियन्त्रित भएर बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।