मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आज केही स्थानमा हल्का वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना

बुधबार, माघ २ २०८१

काठमाडौं । आज पनि देशभर मौसममा आंशिक बदली भएको छ ।

सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ । अन्य भू-भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।