काठमाडौं । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने भएको छ ।
प्रेस चौतारी नेपालको बुधबार साँझ आयोजित जुम बैठकमा बोल्दै अध्यक्ष गणेश बस्नेतले यस अघि फागुन २३ देखि २५ गतेसम्म हुने भनिएको अधिवेशन विशेष कारणले फागुन २५ देखि २७ गतेसम्म हुने जानकारी दिए।
अध्यक्ष बस्नेतले प्रेस चौतारी नेपालले प्रदान गर्ने पुरस्कार सिफारिसको लागि सिफारिस समिति पनि गठन भएको जानकारी दिए । पुरस्कारको घोषणा प्रेस चौतारी नेपालको स्थापना दिवसको दिन माघ २२ गते हुने उनले बताए ।
उनले माघ २५ गतेसम्म जिल्ला अधिवेशन सक्नु पर्ने र फागुन ७ गते प्रदेश अधिवेशन समेत सक्नु पर्ने स्पष्ट पारे । तोकिएको समयमा अधिवेशन नगर्ने जिल्ला र प्रदेशमा केन्द्रले तदर्थ समिति बनाउने पनि उनले स्पष्ट पारे ।