काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएका छन्।
बैठक आज साँझ ७ बजे बालुवाटारमा बोलाइएको हो ।
बैठकमा सशस्त्र प्रहरी बलका चार डीआईजीका पदावधिबारे निर्णय हुने कार्यसूची रहेको छ ।
बैठकमा गृह मन्त्रालयले नेपाल प्रहरीका एआईजी र डीआईजी बढुवा गर्ने प्रस्ताव लैजाने छ।
सशस्त्र प्रहरीका चार डिआइजीको पदावधि थप्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो। पदावधि थप नभएमा चार डिआइजीले आजैदेखि अवकाश पाउने अवस्था छ।
डिआइजीहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको आज चार वर्ष पदावधि पूरा हुँदैछ।
सशस्त्र प्रहरी नियमावलीमा डिआइजीको पदावधि ४ + १ वर्ष हुने उल्लेख छ ।
उनीहरुको पदावधि थप्ने प्रस्ताव एक साताअघि नै मन्त्रिपरिषद् पुगिसकेको छ ।