मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

सन्तोष परियारको संयोजकत्वमा रास्वपाले बनायो संविधान परिमार्जन सुझाव कार्यदल

सोमबार, पुष २२ २०८१

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनका लागि दलका तर्फबाट धारणा बनाउन कार्यदल गठन गरेको छ ।

शनिबार र आइतबार गरी दुई दिन बसेको केन्द्रीय समिति बैठकले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन गरेको हो ।

कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार समितिमा सोबिता गौतम, गणेश पराजुली, असीम शाह, गणेश कार्की, मेघ आले, क्रान्तिशिखा धिताल, डा। नन्दन यादव र कुसुम महर्जन सदस्य छन् । कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्ने झाले बताए । उनका अनुसार प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकिएको छ ।

बैठकले संघीय सदनबाहिर रहेका राजनीतिक दल–शक्तिहरूका जनपक्षीय र राष्ट्रहितका आवाजलाई सदनमा प्रतिनिधित्व गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको पनि गरेको छ । बैठकले सरकारले हालै ल्याएको सहकारी अध्यादेश सभापति रवि लामिछानेलक्षित रहेको ठहर गर्दै प्रतिवाद गर्ने निर्णय लिएको छ ।