मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

स्वर्णलक्ष्मी सहकारी ठगीमा जीबी र रविसहित ३९ विरुद्ध काठमाडौंमा मुद्दा

सोमबार, पुष २२ २०८१

काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण अदालत प्रवेश गरेको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई,गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालक छविलाल जोशीलगायत ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रतिवादीहरु जिबी राई, देवेन्द्र बाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आले मगर, भक्त वहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेश राज श्रेष्ठ, शान्ति कुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पना कुमारी श्रेष्ठ, गोकुल श्रेष्ठ, श्रीवल्लभ नेपाल, खिमानन्द कँडेल, अनन्त बाबु राई, विशाल तामाङ, भगवती बम्जन, विर बहादुर रानाभाट, शिवप्रसाद पौडेल, देव कुमार तामाङ, पुष्पराज पौडेल, किरण पुडासाईजनक, कृष्ण बहादुर पोखरेल, कल्याण कुमार घिमिरे, भट्टराईमुखिया कान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी लाई संगठित अपराधमा मुद्दा चलाइएको छ ।

मुख्य अभियुक्त जीबीसहित ३४ जना भने फरार छन् ।

स्वर्णलक्ष्मीका ६ सय ९० बचतकर्ताले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा भने स्वर्णलक्ष्मीका कुल ५ हजार ६ सय ६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ संगठित रूपमा ठगी भएको निष्कर्षसहित अभियोजन गरिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने र जोशी अहिले प्रहरी हिरासतमै छन् । कास्की जिल्ला अदालतमा उनीहरुको थुनछेक बहस चलिरहँदा काठमाडौंमा मुद्दा दायर भएको हो ।