काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी छाड्नेहरूप्रति व्यंग्य गर्दै खाएको थालमा चुठ्नु राम्रो नभएको टिप्पणी गरेका छन् ।
सर्वेन्द्र खनालले सामाजिक सञ्जालमार्फत पार्टीसँग आवद्ध नरहेको घोषणा गरेपछि एमाले नेता बास्कोटाले यस्तो टिप्पणी गरेका हुन् । नेता बास्कोटाले एमालेको टोपी, धोती अनि गुन्यु चोली लगाएर हाइट र लाइट बढाएकाहरुले खाएको थालमै चुठेको टिप्पणी गरेका छन् ।
नेता बास्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मान्छेको वास्तविक परिक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकाँक्षामा होईन, सङकट,त्याग र सङघर्षको समयमा हुन्छ। आफ्नै लागि आउनेहरु आए, सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन । झन गएपछि सराप्ने संस्कार वाहियात नै हो।’