काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै केन्द्रीय कमिटी बैठकको एजेन्डाको विषयमा पनि छलफल हुनेछ ।