काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्दैछ।
केन्द्रीय समितिको आगामी बैठकका एजेण्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्न लागेकाे हाे ।
बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक राजनीतिबारे छलफल हुँदैछ ।
माओवादी केन्द्रले पुस ३ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी गरेको छ ।