काठमाडौँ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय पेसिरडाँडामा दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ ।
यसअघि मङ्सिर २० गते बसेको पदाधिकारी बैठकले एजेन्डामाथि थप छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।