काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज बयान लिइँदैछ ।
उनको आजदेखि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुने बताइएको छ ।
बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौंको कालिमाटी मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यो बीचमा उनलाई रुपेन्देहीपनि बयानको लागि लगिएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।