काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
बैठक साँझ ५ बजे सिंहदरबारमा बोलाइएको छ। बैठकले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणलाई स्वीकृत गर्ने बताइएको छ।
प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाने तयारीमा छन्।
सम्भवत आज बस्ने बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक निर्णय गर्ने छ।
भ्रमणका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा ४० सदस्यीय टोली भने तय भइसकेको बताइएको छ। प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप परराष्ट्रमन्त्री डा. आरजु राणा अपरान्ह चीन प्रस्थान गर्दैछिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज चीन जान लागेकी हुन् ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।