बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिन्धुलीमा एक सय ८९ किलो गाँजासहित एक जना पक्राउ

शनिबार, मंसिर ८ २०८१

सिन्धुली । सिन्धुली प्रहरीले एक सय ८९ किलो गाँजासहित एक पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीका प्रहरी निरिक्षक टंक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

कमलामाई नगरपालिका–९ चेकपोष्टस्थित वि.पि.राजमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सो परिणामको गाँजा फेला परेपछि गाँजा बोक्ने पिकअपसहित पिकअप चालकलाई समेत नियन्त्रणमा लिइएका हो ।

बा.प्र.०३–००१ च २२८० नं. को पिकअपमा गाँजा बोकेर चितवनबाट हेटौंडा–सिन्धुली हुँदै बर्दिबासतर्फ जाँदै गरेका चालक भरतपुर महानगरपालिका–६ बस्ने ३९ वर्षीय शेरबहादुर लामा रहेका छन् ।
यस विषयमा थप अनुसन्धान कार्य भईरहेको छ।