बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

डाक्टरको धन्दा : अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट भन्दै फोनबाट रकम असुल्दै

बिहिबार, मंसिर ६ २०८१

 

काठमाडौं । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउ परेका दाहालले काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिहरुलाई ह्वाट्सएपमार्फत आफु अन्डरवर्ल्ड नेटवर्कको अन्डर कभर एजेन्ट हो भनी विहारलगायत अन्य ठाँउबाट ‘कन्ट्याक्ट किलर’ भाडामा लगाइ ज्यानसमेत मार्छु भनी म्यासेज गरी रु ५० हजारदेखि रु दुई लाखसम्म रकम माग गर्ने गरेको सूचनाका आधारमा काठमाडौँ स्थित शङ्खमुलबाट पक्राउ गरिएको हो ।”

पक्राउ परेका दाहाललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए।
भोजपुरको भोजपुर नगरपालिका- ११ स्थायी घर भई ललितपुरको ग्वार्को सानागाउँमा बस्ने ३२ वर्षका डा. दाहाल काठमाडौंको शंखमूलबाट पक्राउ परेका हुन् ।

यस्तो छ दाहालको विगत

दाहालले शिक्षण अस्पताल महाराजगञ्जबाट सन् २०१७ मा चिकित्सा सेवातर्फ एमबीबीएस उत्तीर्ण गरेका थिए । एमबीबीएस उत्तीर्ण गरेलगत्तै उनी सन् २०१७ मै अमेरिका गए । अमेरिका पुगिसकेपछि उनले त्यहाँ क्यासिनोमा जुवा खलेरे ४० लाख हारे । जुवा खेलेर हारेको पैसा तिर्न नसकेपछि उनी नेपाल फर्किएर लागेको ऋण तिर्न आपराधिक बाटो समाए । उनले अझै पनि अमेरिकामा जुवा खेलेर हारेको १५ लाख रुपैयाँ तिर्न बाँकी नै छ ।

उनले नेपाल फर्किसकेपछि शिक्षण अस्पतालमा केही समय करार सेवामा पनि काम गरे । त्यहाँ काम गर्दैगर्दा उनले केही निजी अस्पतालमा पनि काम गर्दै आएका थिए । जुवामा हारेको पैसा तिर्न उनले असुली धन्दा चलाउन थाले ।

त्यस क्रममा बाटोमा विभिन्न व्यापार व्यवसायका होडिङ बोर्डमा अंकित नाम र नम्बर नोट गर्दै हिँडे । अनि एकान्तमा गएर ती व्यवसायीलाई धम्काउन थाल्थे । उनले आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्टको परिचय दिन्थे ।