काठमाडौंं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ ।
सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार मंगलबार बिहान पौने ९ बजेको रेकर्ड भएको योे न्यूनतम तापक्रम यो वर्षकै कम हो।
न्यूनतम तापक्रम घटेसँगै चिसो बढ्दै गएको छ । यस्तै आज काठमाडौं उपत्यकामा हल्का बदली भए पनि सामान्यतया मौसम सफा नै रहनेछ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।