काठमाडौं । लगातार केही दिनदेखि घट्दै गएको सुनको मूल्य आज भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६१ हजारमा कारोबार भइरहेको छ । केही हप्तादेखि नेपाली बजारमा सुनको मूल्य घट्दै आएको थियो ।
यसअघि आइतबार सुन तोलाको एक लाख ६० हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।