बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

तीन जनाको नाम डिआइजीमा बढुवा सिफारिश

सोमबार, मंसिर ३ २०८१

काठमाडौं  । गृह मन्त्रालयले नेपाल प्रहरी अस्पतालका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा सिफारिस गरेको छ ।

आइतबार बसेको बढुवा समितिको निर्णयले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सजिता दाहाल (घिमिरे) को बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीम प्रसाद ढकालले बढुवा समिति सचिवालयको तर्फबाट आइतबार एक विज्ञप्तीमार्फत यस्तो जानकारी गराएका छन् ।