बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

इङल्याण्डका पूर्व अलराउण्डर रवि भोपारा चितवन राइनोजबाट एनपीएल खेल्ने

शुक्रबार, कार्तिक ३० २०८१

काठमाडौँ । इङल्याण्डका पुर्व अलराउण्डर रवि भोपारा चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

चितवन राइनोजले ३९ बर्षिय भोपारालाई भित्र्याएको औपचारिक जानकारी दिएको छ ।

भोपराले २००७ देखि २०१५ सम्म इङल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले भारतको आइपिएलदेखि विश्वका कैयौं टी(२० लिग खेलेका छन् । हालै हङकङमा सम्पन्न हङकङ सिक्सेसमा नेपालले पराजित गरेको इङल्याण्ड टिमका भोपारा कप्तान थिए ।

नेपाली राष्ट्रिय टिमका कुशल मल्ल मार्की खेलाडी रहेको चितवनले यसअघि दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज, इङल्याण्डका लुक बेनकेनस्टिन र अफगानिस्तानका हसन एइसाखिललाई भित्र्याएको छ ।