बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

गोकर्णेश्वरमा एकैपरिवारका तीन जनाको शव कोठाभित्रै सडेको अवस्थामा फेला

शुक्रबार, कार्तिक ३० २०८१

काठमाडौँ ।  काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।

कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै विहीबार दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरु मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गरे ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त बौद्ध र प्रहरी परिसर काठमाडौं बाटसमेत अनुसन्धानको लागि टोली खटिई गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।