बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

रवि बिनै रास्वपा संसदीय दलको बैठक बस्दै

बिहिबार, कार्तिक २९ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि डाकिएको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन।

सहकारी ठगीको आरोपमा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । रवि जेलमा पुगेपछि रास्वपाले पहिलो पटक संसदीय दलको बैठक डाकेको हो । आजको बैठकमा सभापति लामिछाने हुने छैनन् ।