झापा । झापाको हल्दिवारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो ।
उनी बिर्तामोड –१० को भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भइ नसकेकाले ती महिलालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।
सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ ।
शनिवार दिउँसो २:३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो ।
ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । उनका श्रीमान केही वर्षदेखि वैदेशिक रोजगारीमा गएको पाइएको छ ।