शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुनको मूल्यमा फेरि कीर्तिमान

आइतबार, कार्तिक ११ २०८१

काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।