काठमाडौँ- लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् ।
कुर्मीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्दै आइरहेका अभियन्ता रुबी खानलगायतलाई पक्राउ गर्ने क्रममा शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको हो।
उनलाई मालीगाउँ वृतमा राखिएकोमा केही बेर अघि छुटेका छन्।