काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा विरूद्व अदालतमा मुद्वा दर्ता भएको छ ।
प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा ठगी र सङ्गठित अपराधको कसुरमा मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मङ्गलबार झाविरुद्ध अदालतमा पूरक अभियोग दर्ता गरेको हो।
झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा इन्कारी बयान दिएका छन्।
उनले टेकनारायण पाण्डे, श्यामकृष्ण श्रेष्ठ, हरिभक्त महर्जन लगायतलाई नचिनेको भनेर बयानमा भनेका छन् ।