शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३

नयाँ बानेश्वरमा किशोरी बलात्कारको आरोपमा एक भारतीय नागरिक पक्राउ

सोमबार, असार १० २०८१

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ शंखमुल बस्ने भारत बिहार राज्य मोतिहारी घर भएका ३० वर्षीय धर्मेन्द्र जैसवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरस्थित सस्तो बजारमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जैसवाललाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।