बिहिबार, कार्तिक २६ २०८३

बिहिबार, कार्तिक २६ २०८३

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, चार जना पक्राउ

आइतबार, बैशाख ३० २०८१

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति बीच सडकमै हत्या भएको हो ।

सो घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथीबीच आपसी विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।