काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ मा भर्खरै सम्पन्न भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा आफ्नो दलका उम्मेदवार मिलन योङहाङ लिम्बूको पराजयपछि पहिलो प्रतिक्रिया दिएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले जित्न नसके पनि सिक्न सकिएको बताएका हुन् ।
उनले इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै पार्टीका सदस्यलाई आग्रह गरेका छन् । इलाम २ का मतदाताले आफूहरूलाई मतसँगै ठूलो सन्देश दिएको पनि उनको भनाइ छ ।