काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबाद चेन्नइ सुपरकिङ्गससँग पराजित भएको छ ।
चेन्नई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको हैदराबादले १८ दशमल ५ ओभरमा १३४ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक बन्यो ।
यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोड्ने बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
चेन्नईका लागि तुषार देशपाण्डेले ४ विकेट लिए । यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २र२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १÷१ विकेट लिए ।