बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक शुक्रबार बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।