काठमाडौँ । एसिसी प्रिमियर कप टि- २० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भर्खरै भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।
नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।
समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।
त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।
आजै हुने अर्को सेमिफइनलमा सेमिफाइनलमा ओमान र हङकङवीच प्रतिस्पर्धा हुँदैछ ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।
बेन्च : विवेक यादव, अनिल शाह र प्रतिश जिसी